नेकपा सचिवालय बैठक शुरु, ओली पनि बैठकमा सहभागी
फाइल तस्वीर
काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बैठक शुरु भएको जानकारी दिए।
उनका अनुसार बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। यसअघि बाहिर सहमति नभएसम्म बैठकमा सहभागी नहुने बताइरहेका ओली बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
त्यसो त बैठक शुरु हुनु अघि दुई अध्यक्षबीचको लामो संवादहिनता तोडिएको छ। शनिबार सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २६ दिनपछि एक्लाएक्लै वार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता भएको हो। सचिवालय बैठक अघि दुई अध्यक्षबीच वार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सचिवालयमा दुई अध्यक्षले पेश गरेको छुट्टाछुट्टै राजनीतिक प्रस्तावमा छलफल हुने बताइएको छ। यस्तो बेला दुई अध्यक्षबीच भेटवार्ता भएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment