प्रधानमन्त्रीले एक्कासी किन बोलाए सर्वदलीय बैठक ?

डिसी नेपाल
२२ मंसिर २०७७ १३:३०

काठमाडौं । आफ्नै पार्टीभित्र आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीले भोलि मंगलबार विहान ११ बजे बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाइले जानकारी दिए ।

पार्टीभित्र आफू अल्पमतमा परेका बेला प्रधानमन्त्रीले सबै दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय विकसित घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रेस संयोजक बजगाइले बताएका छन् । पछिल्लो पटक सर्वदलीय बैठक बसेको ६ महिनाभन्दा धेरै भइसकेपछि अर्को सर्वदलीय बैठक बस्न लागेको हो ।

पछिल्लो नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए ।

प्रधानमन्त्रीले सर्वदलीय बैठक किन बोलाए भन्ने प्रस्ट छैन तर पछिल्लो समय राजावादीहरुको तर्फबाट भइरहेको प्रदर्शन बैठक बोलाउनुको कारण हुन सक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *