उद्योग वाणिज्य महासंघमा महिला सहभागिताको दयनीय अवस्था

उपेन्द्र शाही
२३ मंसिर २०७७ ६:३२

काठमाडौं। निजीक्षेत्रको छाता संगठन तथा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) ले ५४ औं साधारणसभाबाट नयाँ नेतृत्व पाएको छ।

वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बनेका छन् भने चुनावी प्रतिस्पर्धाबाट किशोर प्रधानलाई पराजित गर्दै चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष बनेका छन्।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि एक सय २७ जना चुनावी मैदानमा थिए।६४ पदका लागि भएको निर्वाचनमा दुईवटा प्यानलबाट १ सय २३ जनाको उम्मेदवारी परेको थियो। तीमध्ये महिलाको संख्या भने एकदमै न्यून ५ जना मात्रै छ। जुन कुल उम्मेदवारको ६ प्रतिशत मात्र हो।

आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्ने र लैंगिक समानतामा सरोकारवालाले जोड दिँदै अएपनि व्यबहारमा भने त्यो छैन। आर्थिक क्रियाकलापमा पुरुषको भूमिका हाबी हुँदा लैंगिक समानताको नाराले सार्थकता पाउन नसकेको महिला अधिकारकर्मी बताउँछन्।

इतिहासमा पहिलो पटक महिला अध्यक्ष बनेकी भवानी राणा नेतृत्वमा पुग्दा पनि महासंघमा महिला सहभागिता भने निकै न्यून देखियो। पुरुषहरुमात्रै नेतृत्वमा आउने गरेकोमा पहिलो महिला अध्यक्षको रुपमा महासंघको ५३ औं साधारणसभाबाट भवानी राणा पहिलो महिला अध्यक्ष्य बनेकी थिइन। त्यसबेला धेरैले आर्थिक हिसाबमा महिला सहभागिताको अपेक्षा पनि गरिएको थियो।

निर्वाचनमा ज्योत्स्ना श्रेष्ठ, रेखा घिमिरे, कमला श्रेष्ठ, शारदा रिजाल र रचना श्रेष्ठ लगएत जम्मा ५ जनाले सदस्यका लागि प्रतिस्प्रर्धा गरेका थिए। त्यसमा एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ विजयी मात्रै विजयी भइन्।

निर्वाचनमा ज्योत्स्ना श्रेष्ठ, रेखा घिमिरे, कमला श्रेष्ठ, शारदा रिजाल र रचना श्रेष्ठ लगएत जम्मा ५ जनाले सदस्यका लागि प्रतिस्प्रर्धा गरेका थिए। त्यसमा एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ विजयी मात्रै विजयी भइन्।

६४ जनाका लागि भएको निर्वाचनमा एक जना मात्रै महिला विजयी भएकी हुन्। एसोसिएट सदस्यतर्फ १९ जनाको लागि भएको निर्वाचनमा २ जना महिला उम्मेदार रहेकोमा ज्योत्सना श्रेष्ठ विजयी हुँदा, रेखा घिमिरे भने पराजित भइन्।

वस्तुगत संघतर्फ १४ जना सदस्यका लागि भएको निर्वाचनमा कमला श्रेष्ठ र शारदा रिजाल प्रतिस्पर्धामा थिइन् तर पराजित भइन्। त्यस्तै ७ जना निर्वाचित हुने प्रदेशतर्फबाट लुम्बिनी प्रदेशबाट उम्मेदार रहेकी रचना श्रेष्ठ पनि पराजित भइन्।

मुलुकको आर्थिक क्रियाकलापमा करिब ७० प्रतिशत लगानी रहेको निजी क्षेत्रले महिलाको आर्थिक सशक्तीकरणमा बढी भूमिका खेल्नुपर्ने हुन्छ। आर्थिक क्षेत्रमा महिलाको सहभागिता धेरै भयो भने मात्रै समुन्नत मुलुक निर्माण गर्न सहज हुन्छ।

महिलाको आर्थिक सशक्तीकरणका लागि सहयोग गर्ने उद्देश्यले देशमा धेरै कार्यक्रम भएपनि त्यसको प्रतिफल भने उठाउन सकेका छैनन्। आर्थिक कारोबारमा हाम्रो समाजले अझै महिलालाई विश्वास नगर्नु पनि एउटा मूख्य कारण रहेको बताउँछन् महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सिड महासन्धि (सिड) संयुक्त राष्ट्रसंघीय समितिकि सदस्य बन्दना राणा।

उनले देशकै ठूलो ब्यापारिक संगठनका साथै नियामक निकाय भएका कारण विशेष प्रावधान अपनाएरै भएपनि महसंघमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिइन्। महिला सहभागिताबिना मुलुकको आर्थिक समृद्धि सम्भव नभएको उनको भनाइ छ।

महासंघको नेतृत्वमा भवानी राणा पुग्दा महिलाअधिकारकर्मी धेरै खुसी भएको तर अपेक्षा अनुरुप महिला सहभागितामा वृद्धि नभएको उनको तर्क छ। नेतृत्वमा पुग्नुले मात्रै पनि महिला सहभागितामा वृद्धि नहुने बताउँदै उनले वरिपरि सबै पुरुषले निर्णय दिने भएकाले रहेकोले परिस्थिति सहज नहुने बताइन्।

उनले आगामी सन् २०३० सम्म लैंगिक असमानता शून्यमा झार्ने दीगो विकास लक्ष्य भेट्टाउन पनि महिलाको आर्थिक सशक्तीकरणलाई जोड दिनुपर्ने बताइन्। यदि सबै राज्यका निकाएमा सुस्त गतिमा प्रगति भयो भने दिगो विकास लक्ष्य भेट्टाउन अझै ५० बर्ष लाग्ने बताइन।

दिगो आर्थिक वृद्धि , रोजगारी, राजश्वको मूख्य स्रोत निजी क्षेत्र भएकोले निजी क्षेत्रमा महिला सहभागिताको विषयमा सम्बन्धित सरोकारवाला तथा सबैको ध्यान जान जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *