बालुवाटारमा सर्वदलीय बैठक जारी

डिसी नेपाल
२३ मंसिर २०७७ ११:५९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। बैठकमा पछिल्लो समय राजतन्त्र र हिन्दु राज्यको माग गर्दै भइरहेको सडक आन्दोलनका विषयमा छलफल भइरहेको छ।

यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो। त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका नेता कृष्ण सिटौला, नेमकिपाका नेता प्रेम सुवाल, नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, विमलेन्द्र निधिलगायतको उपस्थिति छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *