परिवर्तन पक्षधर शक्ति एकजुट हुन प्रधानमन्त्रीको आह्वान

डिसी नेपाल
२३ मंसिर २०७७ १४:११

काठमाडौं। राजधानी काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा राजतन्त्र पक्षधरको प्रदर्शन बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोध शक्तिका विरुद्ध एक हुन राजनीतिक दलहरुलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीको आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान विरोधी शक्ति सक्रिय भएकाले राजनीतिक दलहरुबीच एकता हुनुपर्नेमा जोड दिएको बैठकमा सहाभागी एक नेताले जानकारी दिए।

बैठकमा अहिले राजतन्त्रको पक्षमा भइरहेको सडक आन्दोलनका विषयमा बढी छलफल भएको बैठकमा सहभागी राप्रपा नेता दीपक बोहोराले जानकारी दिए। ‘कतिपयले यो प्रयोजित हो कि भनेर प्रश्न उठाउनु भयो,’ बोहोराले भने, ‘तर हामीले प्रयोजित नभएर स्वतस्फूर्त रुपमा जनताले गरेको आन्दोलन हो भन्यौं। राजासहितको राजतन्त्र र हिन्दु राज्यका विषयमा सर्वदलीय बैठकबाटै निर्णय लिनुपर्छ भन्ने हाम्रो भनाइ हो।’

तीन घण्टासम्म चलेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, छिमेकी मुलुकहरुसँगको सम्बन्ध र पछिल्लो समय भइरहेका राजनीतिक प्रदर्शनका विषयमा छलफल भएको थियो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताको सहभागिता रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *