चन्द समूहले लियो शिक्षक हत्याको जिम्मेवारी, प्रतिकारमा मारिएको दाबी

डिसी नेपाल
२३ मंसिर २०७७ २०:४४

काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ।

विप्लव नेकपाको मेची कोसी व्युराेले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै श्रेष्ठले विगतमा जस्तै सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ ।

‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’

श्रेष्ठले जनताका घरमा पटकपटक प्रहरी पठाएर नेताकार्यकर्तालाई खानबस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको विज्ञप्तिमा भनिएको छ।

श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए ।

श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । गोली चलेको आवाज पनि सुनेकाले गोली हानेर हत्या गरेको स्थानीयले अनुमान गरेका थिए । यसअघी प्रहरीले पनि गोली हानी हत्या गरेको सूचना दिएको थियो ।

तर मधुमल्लाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *