उतार चढावकाबीच सातामा २ सय घटेको सुनको मूल्य शुक्रवार भने स्थिर

डिसी नेपाल
२६ मंसिर २०७७ १२:३२
76
Shares

काठमाडाैं। साताको अन्तिम कारोबारको दिन शुक्रवार सुनचाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य कारोबारको अन्तिम दिन शुक्रबार ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ।

बिहीबार पनि छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ५०० मा नै कारोबार भएको थियो।  त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ५० मा खरीद बिक्री भइरहेको छ। बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, सुनमा जस्तै चाँदी पनि यो साता उतार चढावकाबीच घटेको छ। आइतबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएकोमा शुक्रबारसम्म १० रुपैयाँले घटेर प्रतितोला रू. एक हजार २ सयमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य स्थिर छ। बिहिबार पनि चाँदी १ हजार २ सयमानै कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *