बाबुरामले भने : चन्द समूहले गलत नीति त्यागोस, सरकारले वार्ता गरोस

डिसी नेपाल
२६ मंसिर २०७७ २१:२८
244
Shares

काठमाडौं। व्यक्ति हत्यामा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने चन्दका पूर्व नेतासमेत रहेका पूर्वधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन्।

सो पार्टीले हालै मोरङमा एकजना शिक्षकको हत्या गरेको थियो। सो हत्यापछि विप्लवको चौतर्फी आलोचना भइरहेको बेला बाबुरामले वार्ताको कुरा उठाएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ। व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ। चन्द समूहले गलत नीति त्यागोससराज्यले सार्थक वार्ता गरोस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *