संवैधानिक परिषद्को बैठलाई लिएर ओली–देउवा भेट

डिसी नेपाल
२६ मंसिर २०७७ २३:१०
72
Shares

काठमाडौं। आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउाबीच भेट भएको हो। भेटका क्रममा देउवासँगै काँग्रेस नेता रमेश लेखक थिए भने प्रधानमन्त्री ओलीसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताबीच संवैधानिक अंगमा पदाधिकारी नियुक्तीबारे छलफल भएको बताइएको छ। लामो समयपछि बस्न लागेको परिषद्‍ बैठकको तयारीका लागि प्रधानमन्त्री ‌ओलीले देउवासँग परामर्श गरेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोगलगायत संवैधानिक आयोगमा करिब ३ दर्जन पद रिक्त छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *