नेप्से ५६ दशमलव २७ अंकले बढेको दिन, ७ अर्ब बढिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन पनि धितोपत्र मापक नेप्से परिसूचक बढेको छ। साताको पहिलो दिन आइतबार ४६ दशमलव ४३ अंकले बढेको सेयर बजार सोमबार ५६ दशमलव २७ अंकले बढ्यो। यो सँगै नेप्से परिसूचक २ हजार ६७ दशमलव १७ अंकमा पुगेर बन्द भएको छ।
सोमबार २ सय २ कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २० करोड ४१ लाख माथीको कारोबार भएको छ।
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्सोरेन्स कम्पनीको ७४ करोड ३९ लाख भन्दा धेरै रकमको कारोबार भयो। सबैभन्दा धेरै प्राइम लाइफ इन्सोरेन्सका लगानीकर्ताले कमाउँदा, लिर्बटी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभभन्दा धेरै गुमाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment