पुस १७ गते संसद अधिवेशन बोलाउने सरकारको तयारी

डिसी नेपाल
२ पुष २०७७ १४:४९
164
Shares

काठमाडौं। सरकारले पुस १७ गते संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। एउटा अधिवेशन अन्त्य भएको मितिले ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनु पर्ने संवैधानिक प्रावधान अनुसार सरकारले संसदको हिउँदे अधिवेशन पुस १७ गतेलाई बोलाउने तयारी गरेको हो।

त्यसका लागि अब बस्ने मन्त्रिपरिषदले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको हो। संसदको बजेट अधिवेशन असार १८ गते अन्त्य भएको थियो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सरकार संसदको हिउँदे अधिवेशन बोलाउने तयारीमा जुटेको जानकारी दिइन्।

‘संविाधन अनुसार पनि एउटा अधिवेशन अन्त्य भएको मितिले ६ महिनाभित्र अर्को अधिवेशन बनाउनु पर्छ,’ मन्त्री तुम्बाहाम्फेले डिसी नेपालसँग भनिन्, ‘अब पुस १७ गतेसम्म संसदको हिउँदे अधिवेशन बोलाइसक्ने तयारी छ।’

मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेपछि चौतर्फी विरोध भएको थियो। सत्तारुढ दलभित्र अध्यादेशको चर्को विरोध भएपछि उक्त अध्यादेश फिर्ता लिने नेकपा स्थायी कमिटीले निर्णय गरिसकेको छ।

बुधबार नेकपाका ८३ जना सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा समवेदना बुझाउने तयारी भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश र संसदको विशेष अधिवेशन बोलाउने निर्णय फिर्ता लिने सहमति भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *