नेपाल–अमेरिका टीफा काउन्सिल बैठकमा द्विपक्षीय व्यापारिक सम्भावनाबारे छलफल

डिसी नेपाल
२ पुष २०७७ १७:०२

काठमाडौं। नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धनका विषयमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट (टीफा) काउन्सिलको बैठकमा द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धनका विषयमा छलफल भएको हो । बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र अमेरिकाको दक्षिण तथा मध्य एसियाका लागि व्यापारिक सहायक प्रतिनिधि क्रिस्टोफर विल्सनको संयुक्त अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकमा बौद्धिक सम्पत्तिको सुरक्षा, भन्सार तथा व्यापार, श्रमसम्बन्धी विषयहरू, विश्व व्यापार संगठनका सूचनाहरू, तथा नेपालको अन्तराष्ट्रिय व्यापार तथा लगानी प्रतिस्पर्धा क्षमताको विकास लगायत विषयमा छलफल भएको थियो । बैठकमा नेपालले लगानीको वातावरण निर्माणका लागि गरिएका कानुनी र प्रक्रियागत सुधार, वैदेशिक लगानीको स्थितिका सम्बन्धमा अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको थियो । नेपाल र अमेरिकाबीच सन् २०११ मा टीफामा हस्ताक्षर भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *