कृषि मल बंगलादेशबाट किन्ने सम्झौतामा हस्ताक्षर
तस्वीर : बीबीसी
काठमाडौं। नेपालले बंगलादेशबाट कृषि मल किन्ने निश्चित भएको छ। बिहीबार दुई देशबीच युरिया मल किन्ने सम्झौतामा हस्ताक्षर भएसँगै नेपालले बंगलादेशबाट मल ल्याउने निश्चित भएको हो। यसअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बंगलादेशी समकक्षी शेख हसिनासँगको टेलिफोन वार्तामा पैंँचो मल दिन आग्रह गरेका थिए। हसिना तयार पनि भएकी थिइन्। तर, नेपालमा मल आएन।
बीबीसीका अनुसार ‘जीटुजी’ मोडलमा बंगलादेशबाट युरिया ल्याउने सम्झौता भएको हो। ढाकास्थित नेपाली राजदूत वंशीधर मिश्रले मलको पहिलो खेप १० दिन भित्र नेपाल आइपुग्ने बीबीसीलाई बताएका छन्।
सम्झौता नेपालका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशका तर्फबाट बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच भएको हो।
विदेशबाट मल नेपाल भित्र्याउँदा अहिले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रतिमेट्रिक टन ३५९.९५ डलरमा टेन्डर गरेको जनाइएको छ।
धानकाृ सिजनमा मल नपाउँदा यो वर्ष धानको उत्पादन घट्ने अनुमान गरिएको छ। धानको सिजनमा मल नपाएका किसानले अर्को महत्वपूर्ण बाली गहुँको समयमा पनि मल नपाउने देखिएपछि सरकारले बंगलादेशसँग मल किन्ने प्रक्रिया अगाडि बढाउन कृषि मन्त्रालयलाई अनुमति दिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment