शुक्रबारदेखि उपत्यकामा जोर–विजोर प्रणाली हट्ने

डिसी नेपाल
२ पुष २०७७ १७:४०
148
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार देखि जोर–विजोर प्रणाली हट्ने भएको छ । बिहीबार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले शुक्रबारदेखि जोर–विजोर हटाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार विज्ञप्ति जारी गर्दै जोर–विजोर प्रणालीमा यातायात संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुको चाप बढेकाले सर्वसाधारण यात्रुको सुविधाको लागि जोर–विजोर हटाउन लागेको बताएको छ ।

यसअघि अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर–बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गुनासो गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *