रेशम चौधरीको जन्मकैदको फैसला उच्च अदालतद्वारा सदर

डिसी नेपाल
२ पुष २०७७ २२:४३
23.7k
Shares

काठमाडौं। टीकापुर हत्याकाण्डका दोषी ठहर भएर जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई उच्च अदालतले झड्का दिएको छ। उच्च अदालत दिपायलले बिहीबार चौधरीलाई जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ।

उच्‍च अदालतका न्यायाधीद्वय सीताराम मण्डलर र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार दुबै पक्षको बहस सुनिसकेपछि रेशमको माग अनुसार उनलाई सफाइ दिन अस्वीकार गरेको हो।

कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सांसद चौधरी उच्च अदालत गएका थिए।

चौधरीलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *