उखु किसान आन्दोलनको छैटौं दिन माइतीघर पुगे मन्त्रीद्वय भट्ट र त्रिपाठी

डिसी नेपाल
३ पुष २०७७ १८:२५
92
Shares

काठमाडौं। आन्दोलन गरेको छैटौं दिन आन्दोलनरत उखु किसानलाई सान्तवना दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी शुक्रबार माइतीघर मण्डला पुगेका छन्।

मन्त्री त्रिपाठी सहभागी मात्र भएर फर्के भने मन्त्री भट्टले किसानहरूलाई सम्बोधन पनि गरेका थिए।

सोही क्रममा मन्त्री भट्टले उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्तानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए। मन्त्री भट्टले अरु चिनी उद्योगहरुलाई पनि रकम तिर्न ताकेता गर्ने भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए।

मन्त्री भट्टले भोलि शनिबार बैंक खोल्न लगाएर भए पनि पैसा पठाउने र भोलि नै किसानको हात–हातमा पैसा पर्ने बताए।

जवाफमा उखु किसानहरुले आइतबारसम्म भुक्तानीको अवस्था हेरेर आन्दोलन अघि बढाउने वा नबढाउने निर्णय गर्ने बताएका छन्।

यस्तै शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माइतीघर मण्डला पुगेर किसानको आन्दोलनप्रति कांग्रेसको ऐक्यद्धता जनाउँदै कांग्रेस उखु किसानको साथमा रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *