स्कुलको ट्वाइलेटमा डिस्को लाइट, स्पिकर, डिजे सेटका साथ १२ वर्षका डिजेको पार्टी !
काठमाडौं। इङल्याण्डमा १२ वर्षका एक बालकले पूरै सरसामानका साथ स्कुलको ट्वाइलेटमा पार्टी आयोजना गरे । डिस्को लाइट, स्पिकर र डिजे सेट लगायतका पूरै सरसामानका साथ काएल बेल नामका बालकले आफ्नो स्कुलका साथी विद्यार्थीहरुलाई खुब रमाइलो गराए तर यो पार्टी धेरै बेरसम्म चल्न सकेन । स्कुलका शिक्षकहरुले आधा घण्टापछि नै पार्टी अवरुद्ध गराउँदै बेलका उपकरण जफत गरे ।
मिररको रिपोर्टअनुसार म्यान्चेस्टरको सेन्ट एन्थोनी क्याथोलिक स्कुलमा पढ्ने बेलले एक हप्ता पहिले स्न्यापच्याटमा आफ्नो कार्यक्रमलाई प्रचार गरेका थिए । यस क्रममा उनले आफ्नो डिजे सेटको मिति र समय बताएका थिए । बेलले आफूहरुले डिनर समयमा स्कुलको ट्वाइलेटमा डिनरको समयमा पार्टी गर्न सक्ने बताएका थिए । पार्टीको पाहुनाको सूचीमा ८ कक्षाका सबै विद्यार्थी थिए । तर, जब यो पार्टी पूरै उत्कर्षमा थियो, स्कुलका स्टाफले पार्टी बन्द गराइदिए ।







डिसी नेपाल








Facebook Comment