राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन्। शनिबार बिहान खुमलटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर निराश बनेका प्रधानमन्त्री साँझ शीतल निवास पुगेका हुन्।
नेकपामा आन्तरिक विवाद चर्किँदा प्रधानमन्त्री ओली दबाबमा छन्। आइतबार नेकपाको स्थायी कमिटी बैठक बस्दै छ। सो बैठक बस्नुको अघिल्लो दिन प्रधानमन्त्री ओलीको दौडधुप भएको हो। प्रधानमन्त्री ओलीले शनिबार नै हरिहर भवन पुगेर गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment