विवादकाबीच नेकपा स्थायी कमिटी बैठक बस्दै

डिसी नेपाल
५ पुष २०७७ ८:५७
72
Shares

काठमाडौं। विवादका बीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए।

त्यसको जवाफमा ओलीले मंसिर १३ गते बसेको सचिवालय बैठकमा ३८ पृष्ठ लामोे जवाफी प्रतिवेदन पेश गरेका थिए। यी दुवै प्रतिवेदन मंरि २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत भएका छन्।

प्रधानमन्त्री ओलीले आफूमाथि विभिन्न आरोप लगाउँदै पेश भएको प्रतिवेदन फिर्ता नलिएसम्म आफू बैठकमा सहभागी नहुने अडान राख्दै आएका छन्।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदअध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपाभित्रको विवाद झन उत्कर्षमा पुगेको छ। यही तनावका बीच आज स्थायी कमिटी बैठक बस्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *