यी हुन् प्रचण्डलाई छोडेर ओलीलाई साथ दिने पूर्व माओवादी नेताहरु
फाइल
काठमाडौं। सत्तारुढ दल नेकपा भित्र चर्केको आन्तरिक विवादपछि सरकारले आइतबार संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने घोषणा गरेपछि देशको राजनीतिक तरंगित बनेको छ। नेकपामा झन विवाद बढेको छ।
संसद् विघटनपछि नेकपाको स्थायी कमिटी बैठक बस्यो र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशानको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गर्यो। तर, यो बैठकमा ओली पनि सहभागी भएनन् र उनी निकट नेताहरु पनि सहभागी भएनन्।
रोचक कुरा के भने यो बैठकमा पूर्व माओवादीका पनि आधा दर्जन नेताहरुले यो बैठक बहिस्कार गरेका छन्। एक स्थायी कमिटी सदस्यका अनुसार पूर्वमाओवादीका नेताहरु रामबहादुर थापा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टले बैठक बहिस्कार गरेका हुन्।
बैठकमा नगएसँगै यी नेताहरुले प्रचण्डको साथ छोडेको स्पष्ट भएको छ। यस्तै पूर्व एमालेका ओली निकट नेताहरुले पनि बैठक बहिस्कार गरेका थिए। अध्यक्ष ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल, किरण गुरुङ, पृथ्वी सुब्बा गुरुङलगायतले बैठक बहिस्कार गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment