तीन दलले भने ‘संसद् विघटन असंवैधानिक’

डिसी नेपाल
६ पुष २०७७ १८:३६
40
Shares

काठमाडौं। प्रमुख तीन दलले सरकारले आइतबार गरेको संसद्विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका छन्। सोमबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा काँग्रेस, नेकपाको प्रचण्ड समूह र जनता समाजवादी पार्टीको सर्वदली बैठकले संसद् बैठक असंवैधानिक भएको निष्कर्ष निकालेको काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए।

संसद् विघटनपछिको परिस्थितिबारे छलफल गर्न काँग्रेसले सर्वदलीय बैठक बोलाएको थियो। बैठकले एकमतका साथ संसद् विघटनको प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

तर, प्रतिवादको मोडलबारे भने केही निर्णय नभएको जनाइएको छ। काँग्रेस र नेकपाको मंगलबार केन्द्रीय समितिको बैठक बस्दै छ। सो बैठकपछि प्रतिवाद कसरी गर्ने भन्ने विषयमा निर्णय हुने काँग्रेस सहमहामन्त्री डा. महतले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *