चुनाव घोषणापछि निर्वाचन आयोगले रोक्यो मतदाता नामावली संकलन

डिसी नेपाल
६ पुष २०७७ १८:४४
648
Shares

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न रोकेको छ। आयोगको सोमबार बसेको बैठकले चुनाव घोषणा भएको भन्दै अर्को व्यवस्था नभएसम्म मतदाता नामावाली रोक्ने निर्णय गरेको छ।

आयोगले निर्णयपछि जिल्ला निर्वाचन कार्यालयहरुलाई परिपत्र पठाउँदै मतदाता नामावली संकलन रोक्न निर्देशन दिएको छ।

अब नयाँ निर्वाचन कानून आएपछि सोही व्यवस्थाअनुसार मतदाता नामावालीबारे निर्णय हुनेछ। चुनाव घोषणा नभएको अवस्थामा १८ वर्ष पुगेका नेपाली नागरिकहरले वर्षभरी नै मतदाता नामावाली फार्म भर्न पाउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *