युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले पूर्व अर्थमन्त्री खतिवडालाई राजदूतमा नियुक्ति गरेकी हुन् ।
यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको उल्लेख छ ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment