जीप दुर्घटनामा चालकको मृत्यु, तीनजना घाइते

डिसी नेपाल
९ पुष २०७७ ८:५८

बैतडी। बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढीबाट बझाङतर्फ गईरहेको जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालक बझाङ बुङ्गलका धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए। बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाका ३५ बर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० बर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जीप सडकबाट करीब १५० मिटर तल खसेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *