प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौं। सत्तारुढ दल दुई टुक्रामा विभक्त भएको बेला चिनियाँ राजदूत हु यान्छीले नेकपा प्रचण्ड– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्।
बिहीबार विहान साढे नौ बजे प्रचण्ड निवास खुमलटार पुगेकी यान्छी र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
नेकपा दुई समूहमा विभाजित भइसकेपछि प्रचण्डसँग यान्छीको यो पहिलो भेटवार्ता हो। उक्त भेटवार्ताको के विषयमा छलफल भन्ने प्रचण्डको सचिवालयले केही पनि खुलाएको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment