संसद विगठन विरुद्ध देशभर विरोध कार्यक्रम गर्ने कांग्रेसको निर्णय
काठमाडाैं। नेपाली कांग्रेसले पुस १३ गते सबै निर्वाचन क्षेत्रमा विराेध कार्यक्रम गर्ने भएकाे छ। सरकारकाे संसद विगठन असंवैधानिक भएकाे भन्दै देशभरका १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विराेधका कार्यक्रम गर्ने भएकाे हाे।
बिहीबार बसेकाे केन्द्रीय कार्य समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकाे मन्त्रिपरिषद्काे सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् अलोकतान्त्रिक कदम ठहर गरेकाे स्राेतले जानकारी दियाे। स्राेतका अनुसार कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल पक्षको भेलाले आन्दोलनका कार्यक्रम सहितको प्रस्ताव केन्द्रीय समितिकाे बैठकमा लगेको थियो।
पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाकाे सभापतित्वमा अहिले केन्द्रीय कार्यसमितकाे बैठक चलिरहेकाे स्राेतले जानकारी दियाे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment