पुस १७ का लागि बोलाइयो राष्ट्रिय सभा अधिवेशन
काठमाडौं। यही पस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन बोलाइएको छ। मन्त्रिपरिषद्को सिफारिशमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्।
प्रतिनिधिसभा विघटन भइसकेकाले यो पटक राष्ट्रिय सभाकोमात्र अधिवेशन आह्वान गरिएको हो। नेकपाको आन्तरिक विवादलाई देखाउँदै प्रधानमन्त्री ओलीले प्रतनिधिसभा विघटन गरिदिएका थिए। अहिले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा मुद्दा चलिरहेको छ भने सडकमा विरोध प्रदर्शन भइरहेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment