किर्ते नागरिकता वितरण गर्ने इलाका प्रशासन प्रमुख प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१२ पुष २०७७ १९:४०
224
Shares

काठमाडौं। नेपाली नागरिकता वितरण गर्दा किर्ते गरेको अभियोगमा इलाका प्रशासन कार्यालय गौरीगञ्ज झापाका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँगै अन्य दुई जनालाई पनि झापा प्रहरीले नियन्त्रणमा लिइ अनुुसन्धान शुरु गरेको छ।

इलाका प्रशासन कार्यालय झापाले झापा जिल्ला साबिक जुरोपानी ८ हाल गौरादह नगरपालिका वडा नं ७ स्थायी ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२) र बिशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३) लाई नागरिकता बितरण गरेको तर नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरिगञ्जमा नभएको कारण उनीहरुले किर्ते गरेको आशंकमा पक्राउ गरिएको जिल्ला प्रहरी झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए।

‘नागरिकता सम्बन्धी सफ्टवेयर प्रयोग गरी उक्त नागरिकताहरु किर्ते गरेको हुन सक्ने भएकोले थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न पत्राचार भए अनुसार जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गर्दा माथी उल्लेखित नागरिकता प्राप्त गर्ने व्यक्तीहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरे पश्चात उक्त बिवरण सम्पादन गरी पुनः बिभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई बितरण गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ एसपी कोइरालाले भने।

कार्यालय सहयोगी आसिर आलम र कृष्णप्रसाद तिम्सिनालाई पनि मतियारको रुपमा प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *