प्रदेश १ मा २६१ सङ्क्रमित निको, ६४ जना थपिए

डिसी नेपाल
१३ पुष २०७७ २०:४७

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २६१ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २७ हजार ६१७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा २२ महिला र ४२ पुरुष गरी कूल ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा मोरङका २८ मध्ये विराटनगरका २०, झापा १७, सुनसरी ११, सङ्खुवासभा तीन, उदयपुर एक र प्रदेशबाहिरका चार जना छन् । योसँगै यो प्रदेशमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या २९ हजार ६९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै प्रदेशमा अहिलेसम्म दुई लाख सात हजार ७३७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *