नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ। नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता भएको आधिकारिक पार्टी भन्दै केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेजी माग गर्दै रिट दायर गरेका थिए। मुद्दा पक्षको कानुन व्यवसायीको तर्फबाट स्थगन भएको अदालतले जनाएको छ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि आफ्नो पार्टीको नाम दावी गर्दै ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। आयोगले ओली-प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता दिएपछि उनी २०७५ मंसिरमा सर्बोच्च अदालत गएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment