वीरेन्द्रको जन्मदिनमा ज्ञानेन्द्रको ट्वीट, वीरेन्द्रको हत्याबारे छानविन गर्न चुनौती
पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल फाेटाे।
काठमाडौं। तत्कालिन स्वर्गीय राजा वीरेन्द्रको जन्म दिनका अवसरमा मंगलबार उनका भाई पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको छानविन गर्न चुनौती दिएका छन्। तत्कालिन राजा वीरेन्द्रको समुल वंश विनास हुने गरी २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डबारे छानविन गर्न चुनौती दिएका हुन्।
सो हत्याकाण्डमा ज्ञानेन्द्रको संलग्नता रहेको चर्चा हुने गरेको छ। ज्ञानेन्द्रले ट्वीट गर्दै दाजु वीरेन्द्रको हत्याबारे आफूमाथि प्रत्यक्ष परोक्षरुपमा आरोपित गर्दा निकै मर्महात हुने गरेकोसमेत बताएका छन्। उनले हत्याकाण्डबारे छानविन गर्ने अधिकार जननिर्वाचित सरकारलाई रहेको भन्दै छानविन गर्न चुनौती दिएका हुन्।
पुस १४ गते स्वर्गीय राजाको जन्म दिन हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment