५११ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १८४७ पुग्यो
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ। पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको छ।
२४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित भएका छन्। काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment