टिकटकलाई १२ वर्षीया बालिकाको चुनौती

डिसी नेपाल
१६ पुष २०७७ १०:१३
436
Shares

काठमाडौं। सामाजिक सञ्जालकाे ठूलो प्लेटफर्म टिकटकलाई ठूलो झट्का लागेको छ। लन्डनकी १२ वर्षीया परिचय गोप्य राखिएकी बालिकाले आफ्नो व्यक्तिगत डाटाहरु नष्ट गरिएको आरोपमा ६ कम्पनी विरुद्ध मुद्दा हालेकी छन्। जसकारण टिकटकले सम्भावित कानुनी चुनौतीको सामना गर्नु पर्ने भएको छ।

उनले ६ वटा कम्पनीले आफ्नो व्यक्तिगत डाटा नष्ट गरेको र अनावश्यक तरिकाले व्यक्तिगत डाटालाई प्रशोधन गरेको आरोप लगाएकी छन्। उनले धेरै व्यक्तिगत डाटालाई थाहै नदिई डिलिट दावी गरेकी छन्।

बुधबार एक उच्च अदालतले यस विषयमा सुनुवाइ गर्दै बेलायत र युरोपियन युनियनका डाटा संरक्षणकर्ताहरुले नै यसको दुरुपयोग गरेको उल्लेख गरेका छ। अदालतले दावीकर्ताको व्यक्तिगत तथा निजी सूचनालाई संशाेधन गरेको उल्लेख गरेको छ।

उक्त सुनुवाइमा १२ वर्षाीया बालिकाकातर्फका वकिलले भनेका छन्, “टिकटक जुन विश्वव्यापी रुपमा २ अर्ब पटक डाउनलोड भएको छ। कार्पोरेट ग्रहाकहरुबाट विज्ञापन आयआर्जन गर्नको निम्ति गैरकानुनी रुपमा बच्चाहरुको डेटालाई प्रसोधन गरिरहेको छ।”

टिकटक यो वर्ष निक्कै भाइरल र प्रख्यात भएको छ। यो चाइनीज एप हो। जसमा भिडियोका साना साना क्लिप हालिन्छ। र यो एक भिडियो सेयरिङ एप हो।

यसअघि इंग्ल्याण्डका बाल आयुक्तले टिकटक प्रयोगकर्ता १६ वर्ष मूनिका बालबलीकालाई प्रतिनिधि कारवाही गर्ने चेतावनी दिएका थिए।
यद्यपि टिकटकलाई १३ वर्ष उमेर समूहका मानिसलाई प्रयोगमा अनुमति छैन।

तर, वास्तविकता त्यो छैन किनभने टिकटक चलाउने संख्या १३ वर्षमूनिको संख्या अत्याधिक छ।  एक प्रख्यात र अत्याधिक प्रभावशालि सोसलमिडिया प्लेतफर्म प्रथाका लागि चुनौती खडा भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *