अम्बानी र ज्याकमालाई उछिन्दै झोङ बने एसियाका धनी व्यक्ति, च्याउ खेतीबाट यात्रा सुरु

डिसी नेपाल
१६ पुष २०७७ १३:४३
1.4k
Shares

काठमाडौं। चीनका झोङ सानसान एसियाको सवैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। उनी एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्वानी र आफ्नै देशका ज्याक मा लाई उछिन्दै सन् २०२० मा एसियाका सवैभन्दा धेरै धनी व्यक्ति बन्न सफल भएका हुन्।

बुल्मवर्गले प्रकाशित गरेको बिलिनियर्सको सूचिमा झोङ पहिलो पटक एसियाका धनी व्यक्ति बन्न सफल भएका हुन्। उनी चीनमा वाटर किङ नामले परिचित छन्। झोङ जिवनमा च्याउ खेतीदेखी पत्रकारितासम्मको निरन्तर प्रयासको यात्रा पश्चात यो विन्दुमा पुगेका हुन्।

ब्लुम्बर्गको इन्डेक्स अनुसार सन २०२० मा झोंगको सम्पती बढेर ७७ दशमलव ८ अरव डलर भएको छ। कोरोना भाइरसको महामारीले विश्वको आर्थिक स्थिति नकारात्मक अवस्थामा छ। जसकारण व्यवसायीलाई ठूलो नोक्सान भएको छ।

यो अवस्थामा पनि झोंगको सम्पती भने ह्वात्तै बढेको छ। जसकारण उनी एसियाका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन्। ६६ वर्षीया झोंगलाई लोन वुल्फबाट पनि चिन्ने गरिन्छ।

बिजिङ वेन्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइजेज कम्पनीबाट अप्र्रिलमा उनले भ्याक्सिन विकसित गरेका थिए। त्यसको केही महिना पछि उनले बोतल बन्द पानी बनाउने हङकङको सवैभन्दा लोकप्रिय कम्पनी नोंगफु स्प्रिङको स्थापना गरेका थिय। जसकारण उनको सम्पती बढेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *