मुख्यमन्त्री राईले गरे अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसदलाई निलम्बन

डिसी नेपाल
१६ पुष २०७७ १६:०६

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका १५ सांसदलाई निलम्बन गरेका छन् । उनीहरुलाई संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको हो ।

निलम्बनमा पर्नेहरुमा भीमप्रसाद आचार्य, ईन्द्रबहादुर आङ्बो, जीवन घिमिरे,  विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी,  लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहका १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ती सांसदलाई मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका कारणसहित प्रष्टीकरण सोधका थिए।

प्रष्टीकरण सोधिएका १९ मध्य १५ जनाले कुनै जवाफ नपठाएपछि कारबाही गरिएको राईले जानकारी दिएका छन् । जवाफ पेश नगरेकाले राईले काटेको पत्रमा भनिएको छ, नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ । साथै संसदीय दलको सदस्य निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’

चार जना सांसदले भने प्रष्टीकरणको जवाफ फर्काएका थिए । लिखित जावाफ दिएको भन्दै मुख्यमन्त्री राईले सांसदहरु तुलसीप्रसाद न्यौपाने,  झलकबहादुर मगर, उषाकला राई र रामकुमार राईमाथि भने कुनै कारबाही गरेका छैनन्।

नेकपाका बहुमत सांसदहरु सहभागी संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राइलाई दलको नेताबाट हटाउदै संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *