मेरिल्याण्डमा कोभिड टेष्ट गर्ने नेपालीहरुको ल्याब
फाइल फाेटाे।
वासिंगटन डिसी। अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली बिज्ञहरूको टिमले कोरोना महामारीकाबीचमा कोरोना परीक्षण गर्नेलगायत मेडिकल ल्याब स्थापना गरेका छन्।
अमेरिकामा कार्यरत केही नेपाली डाक्टरहरु र स्वास्थ्य क्षेत्रमा कार्यरत ल्याव विज्ञहरुको सहकार्यमा अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बेथेष्डा शहरमा ल्याव संचालन गरिएको हो।
क्रिस्पर डाइग्नोष्टिक नामको सो ल्याबमा विमानमा यात्रा गर्नुपर्नेहरुका लागि सहज हुने गरी २४ घण्टामै कोभिडको पीसीआर टेष्ट गरी रिजष्ट दिने व्यबस्था गरिएको छ।
ल्याबमा कोरोना परीक्षण गर्दा सामाजिक सुरक्षा नम्बर भएकाहरूको लागि निःशुल्क, इन्स्योरेन्स हुनेहरुले सोसल सेक्युरिटी नम्बर लिएर गए कोभिड टेष्ट गर्ने व्यबस्था गरिएको छ। त्यसैगरी इन्स्योरेन्स नहुनेहरु र आफैं रकम तिर्न चाहनेहरुका लागि पनि एक सय अमेरिकी डलर तिरे कोभिड टेष्ट गरिने छ।
सोमबारदेखि शुक्रवार बिहान ९ बजेदेखि ५ बजेसम्म, शनिबार र आइतबार बिहान ९ बजे देखि २ बजेसम्म परीक्षण हुने साथै २४ घण्टामै रिपोर्ट दिने व्यवस्था गरिएको संचालकमध्येका एक डाक्टर राजु विश्वकर्माले डिसी नेपाललाई जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment