पत्नी सीताकाे उपचारका लागि प्रचण्ड भारत जाँदै

डिसी नेपाल
२० पुष २०७७ १०:१८
440
Shares

काठमाडौं। पत्नी सीता दाहालको उपचारका लागि नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाँदैछन्। सोमबार पत्नी सीतालाई लिएर मुम्बई जान लागेको प्रचण्डको सचिवलायले जनाएको छ।

विगत केही केही समयदेखि अस्वस्थ रहेकी सीता दाहाललाई केही दिन अगाडि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधान नदेखिएपछि सीतालाई भारतको मुम्बई लैजान लागिएको हो।

प्रचण्ड पत्नी सीता ०७४ साल यता गम्भीर बिरामीका कारण थलिदैं आएकी छन्। उनलाई यसअघि अमेरिका , सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएपनि निको भएको छैन। सीतालाई विरलै देखिने प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी ९पीएसपी० भएको अमेरिकामा पुष्टि गरेको थियो। सो रोग निको नहुने रोग हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *