के मनिषा कोइराला राजावादी भएकी हुन् ?

डिसी नेपाल
२० पुष २०७७ १८:०५
296
Shares

काठमाडौं। पृथ्वीनारायण शाहको जन्मजयन्ती आउँदैछ। राजावादीहरुले पुस २७ पृथ्वी जयन्तीको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै छन्। र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका लागि विभिन्न तयारीहरु पनि भइरहेका छन्।

यसैबीच सोमबार एक निमन्त्रणा पत्र मिडिया हाउसमा पुग्यो। २९९ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको नाममा पत्रकार सम्मेलनका लागि पठाइएको सो निमन्त्रणा पत्रमा एक नाम छ। त्यो नाम हो अभिनेत्री तथा वीपी कोइरालाकी नातिनी मनिषा कोइरालाकाे। र कोइराला आफैले पनि पत्रकार सम्मेलनमा सहभागी हुनका लागि आव्हान गर्दै ट्वीटरमा एक ट्वीट पनि गरेकी छन्।

नेपालको राजनीतिका विषयमा यसअघि तथस्ट विचार राख्दै आएकी उनी एकाएक राजवादी जस्तो देखिएकी छन्।

सो निमन्त्रण पत्रमा नेपाल प्रहरीक पूर्व डीआईजी रमेश खरेल र नेपाली सेनाका पूर्व अधिकृत भरत बस्नेतको नाम छ। कोइरालाको नाम यो पत्रमा देखिएपछि उनी आफ्ना बाबु प्रकाश कोइरालाको राजावादी अडानको समर्थक भएको देखिएको छ।

त्यसो त नेपाली सेनाले पनि पृथ्वी जयन्तीलाई भव्य रुपमा मनाउँदै छ। सेनाले सो दिन गोर्खा दरबारबाट राष्ट्रिय झण्डा काठमाडौं ल्याउने कार्यक्रम बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *