पृथ्वी नारायण शाहलाई सम्झनु भनेको पितालाई सम्झनु हो : रुकमाङ्गद कटुवाल
काठमाडाैं । नेपाली सेनाका पूर्व सेनापति रकमाङ्गद कटुवालले पृथ्वी नारायण शाह नेपालको एकताको प्रतिक भएको बताएका छन्। पृथ्वी नारायण शाहको २९९औं जन्म जयन्तिको पूर्व सन्ध्यामा भएको पत्रकारसम्मेलनमा उनले शाह एकताको प्रतिक भएको बताएका छन्।
‘विश्वका सन्दर्भमा नै प्रजातान्त्रिक व्यवस्थाको सुरुवात पृथ्वी नारायण शाहले नै गरेका हुन्।’ कटुवालले भने, ‘त्यो बेलामा कुनै पनि देशमा प्रजातान्त्रिक पद्धति थिएन्। नेपालमा प्रजातान्त्रिक पद्धतिको सुरुवात गर्नुभएको हो।’
जो मान्छे जुन कामको लागि योग्य छ। त्यो मान्छेलाई त्यही काम लगाइदिनु भन्ने पृथ्वी नारायण शाहको दिव्याउपदेशको उदाहरण दिँदै कटुवाले भने, ‘यो भन्दा बढी प्रजातान्त्रिक पद्धति के हुन सक्छ ?’
नेपालको एकतामा हमाला गर्नका लागि धर्म, संस्कृति, भाषा र इतिहासमा प्रहार भएको कटुवालले जिकिर गरे। उनले भने, ‘पृथ्वी नारायण शाहलाई सम्झनु भनेको आफ्नो पितालाई सम्झनु हो। त्यसैले रातो र चन्द्र सूर्य जंगि निशानालाई कायम राख्न पनि उहाँलाई सम्झनु पर्छ। मौलिकता जोगाउन उहाँलाई पछ्याउनु जरुरी छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment