प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई पाँच लाख सहयोग

डिसी नेपाल
२१ पुष २०७७ २३:२२

इलाम । प्रभु बैंकको इलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ । शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले जिल्ला अस्पताल इलामका मे. सु. डा.प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष  होम बहादुर बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य  ईन्दिरा राई, समाजसेवी  हिमाल कर्मचार्य र समाजसेवी  रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *