सुदूरपश्‍चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

डिसी नेपाल
२२ पुष २०७७ १६:२७

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–माधव पक्षको बहुमत छ । सुरुदेखि नै ओली पक्षको समर्थन गर्दैका आएका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *