भीम रावलले पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप, प्रदेश इन्चार्जबाट हटाउन सिफारिस

डिसी नेपाल
२२ पुष २०७७ २२:००

काठमाडौं। नेकपा (प्रचण्ड–ओली) समूहको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चि प्रदेश इन्चार्ज भीम रावलमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। त्यो आरोप अरु कसैले नभई नेकपा (ओली) समूहले लगाएको हो।

सो समूहको बुधबार बसेको पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले नेता रावलले पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएको हो। बैठकले रकम हिनामिनाको आरोप लगाउँदै नेता रावललाई प्रदेश इन्चार्जबाट हटाइ कारबाही गर्न केन्द्रलाई सिफारिससमेत गरेको छ।

यसअघि राजधानी काठमाडौंमै भएको सुदूरपश्चिमका ओली पक्षीय नेताहरुको भेलामा पनि सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले नेता रावलले ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *