काठमाडौंमा चिनियाँ नागरिकको अपहरण धन्दा

डिसी नेपाल
२३ पुष २०७७ १८:३५
668
Shares

काठमाडौं। प्रहरीले दुई चिनियाँ नागरिकलाई अपहरणको आरोपमा पक्राउ गरेको छ। प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गरेको छ।

काठमाडौंको गौशलास्थित आनन्द होटलबाट गत कात्तिक १९ मा अपहरण गरेको उजुरी परेपछि चिनिया ँनागरिक वु चाओ, झाङ विई, सिन्धुपाल्चोकका भक्ते लामा र दावा पासाङ लामालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका डीएसपी प्रवेश विष्टका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो।

आरोपीहरुले १९ कात्तिकमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट अपहरण गरेको र पछि आफै भागेर आएको उनीहरुले दिएको जाहेरीमा उल्लेख गरिएको छ। पक्राउ परेका चार जनालाई प्रहरी अपहरण तथा शरीर बन्धन कसुर अन्र्तगत अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *