प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न धनगढी जाँदै, सुरक्षा व्यवस्था कडा

डिसी नेपाल
२४ पुष २०७७ ८:१०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी जाने भएका छन। नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्याँहा जान लागेका हुन्।

पार्टी विवादका कारण दुई समूहमा विभाजन भएपछि आफ्नो समूहको नेतृत्व गर्दै ओली कार्यकर्ता सम्बोधनका लागि विविन्न कार्यक्रममा जान थालेका छन्। संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि ओली उपत्यका बाहिर जान लागेका हुन्।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीमा करिव ५० हजार कार्यकर्तालाई सम्बोधन गर्ने बताइएको छ। धनगढीमा आयोजना हुने कार्यक्रम सफल बनाउनका लागि नेकपा ओली समूहका प्रदेश इन्चार्ज लेखराज भट्ट धनगढीमै सक्रिय रहेको बताइएको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका भट्ट अन्य ३ जना मत्रीका साथमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गरिरहेको  छ।

धनगढीमा सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा गर्ने छन् भने प्रदेश प्रहरीले सुरक्षाको जिम्मेवारी सम्हालेको छ।

प्रतिनिधि सभाको विघटनपछि सुदूरपश्चिम प्रदेशबाट ३ जना मन्त्रीहरु थप गरिएको छ। नेकपा ओली समूहका सांसदहरु थोरै भएको उक्त प्रदेशबाट संसद विघटनपछिको मन्त्रिमण्डलमा ४ जना मन्त्रिहरु रहेका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सुदूपश्चिमबाट बनेका मन्त्री हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *