काँग्रेस प्रवक्ताले भनेः टिशर्ट लगाउनेलाई होइन, निर्मलाका बलात्कारीलाई पक्राउ गर्नुहोस्
फाइल
काठमाडौं। कैलालीको धनगढीमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा ‘निर्मला पन्तका बलात्कारी खोइ’ भन्ने टिशर्ट लगाउनेलाई प्रहरीले पक्राउ गरेकोमा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आक्रोश पोखेका छन्।
उनले टिशर्ट लगाउनेलाई नभई बलात्कारीलाई पक्राउ गर्न भनेका छन्। उनले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्, ‘प्रश्न गर्नेलाई होईन, दोषीलाई पक्राउ गर्नोस्, प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो, सााँच्चै ‘निर्मला पन्तको बलात्कारी खै’ प्रधानमन्त्रीज्यु।’
प्रश्न गर्नेलाई होईन, @PM_Nepal दोषीलाई पक्राउ गर्नोस् l प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो !
सांचै “निर्मला पन्तको बलात्कारी खै ?´´ प्रधानमन्त्रीज्यु ? pic.twitter.com/v3Lpc6IQA1
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 8, 2021
प्रहरीले टिशर्ट लगाउनेलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भइरहेको छ। कैलाली प्रहरीले उनीहरुलाई ‘सुरक्षाका लागि’ नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुमाथि कुनै आरोप नरहेको कैलालीका प्रहरी प्रमुखले बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment