निर्मला पन्तको बलात्कारी खोई भन्ने युवालाई पक्राउ गर्नु निन्दनीय : देउवा
फाइल फाेटाे
काठमाडौं। कैलालीको धनगढीमा प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा ‘निर्मला पन्तका बलात्कारी खोई ?’ लेखिएको टि शर्ट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेकमा कााग्रेस सभापति शेरबहादुर देउवाले आपत्ती प्रकट गरेका छन्। उनले युवाहरुलाई पक्राउ गर्नु निन्दनीय कार्यसमेत भनेका छन्। उनले पक्राउ परेकाहरुको तत्काल रिहाइ गर्नसमेत माग गरेका छन्।
सभापति देउवाले ट्वीटरमा लेखेका छन्, ‘धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ। दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य–मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु।’
धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ।दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य/मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु! pic.twitter.com/JUbpf5mj5f
— Sher Bahadur Deuba (@DeubaSherbdr) January 8, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment