संसद विघटनविरुद्ध डा. केसी सडकमा

डिसी नेपाल
२५ पुष २०७७ १३:१०
72
Shares

काठमाडौं । प्रतिनिधिसभाको विघटनका विरुद्ध नागरिक समाजले प्रदर्शन गरेको छ। माइतीघरमा भएको प्रदर्शनमा डा. गोविन्द केसीले पनि सहभागिता जनाएका छन्। माइतीघरमा नागिरक समाजका अगुवाले  गरेकाे विराेध प्रदर्शनमा डा. केसी सहभागी भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि चौतर्फि दवाव र आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपाकै प्रचण्ड–नेपाल समूहलगायत नागरिकसमाजले पनि सडकमा आन्दोलन गरिरहेका छन्।

पार्टी भित्रको आन्तरिक विवादका कारणा नेकपा दुई समूहमा विभाजन भएको छ। अर्को समूहले सरकारलाई काम गर्न नदिएको र वाध्यतामा परेका कारण प्रतिनिधिसभा विघटन गरेको प्रधानमन्त्रीले बताउँदै आएका छन्।

सर्वोच्चमा विघटन विरुद्धको रिटमाथि सुनुवाई हुनेक्रम जारी छ। ४ जना पूर्व प्रधानन्यायाधिशहरुले पनि प्रधानमन्त्रीको कदमलाइ असंवैधानिक भनि टिप्पणी गरेका छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *