२९९औं पृथ्वी जयन्ती : पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन (फाेटाेफिचर)

एसके शर्मा
२७ पुष २०७७ १२:०९

काठाडमौं । आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ति तथा राष्ट्रिय एकतादिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिकाे  आयोजनामा शान्ति वाटिकामा भेलाइ भइ सिंहदरबारको पश्चिमगेटमा अवस्थित पृथ्वीनारायण शाहको शालिका माल्यार्पण गरेका थिए।

नेपालमा २०६२/६३ को जनआन्दोलनपछि राष्ट्रिय एकता दिवसको दिनमा दिइँदै आइएको सार्वजनिक विदा कटौटी गरियो। राष्ट्रिय एकता दिवस पनि मनाउन छोडियो। २०७१ सालमा नेपाल सरकारकै तर्फबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय एकता दिवस मनाउँन पुनः सुरु गरियो। त्यसयता सरकारले औपचारिक रुपमै पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवश मनाउँदै आएको छ।

समारोह समितिमा पूर्व डिआइजी रमेश खरेल, अभिनेत्री मनिषा कोइराला लगायतका सामाजिक अभियान्ताहरुको उपस्थति रहेको छ। नेपाल एकीकरण गरेर राज्य र पहिचान दिने पृथ्वीनारायण शाहको जन्मदिनमा पर्ने राष्ट्रिय एकता दिवस नमनाइएको र उक्त दिनमा सरकारले विदा पनि नदिएको भन्दै अभियान्ताहरुले सरकारको आलोचना समेत गरेका थिए।

आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको १७७९ पुष २७ गते गोरखा दरवारमा भएको थियो। २० वर्षको उमेरमा राजा भएका शाहले तत्कालिन वाईसे चौबिसे राज्यमा विभाजन भएको नेपाललाई एकीकरण गरेका थिए।

 

मकवानपुरकी राजकुमारीसँग विवाह गरेका शाहले नुवाकोट र किर्तिपुरमा एक भन्दा बढी युद्ध गरेर जित हासिल गरेका थिए। उनको ५२ वर्षको उमेरमा मृत्यु भएपछि नेपालको एकीकरण यात्रा उनका पनाति गिर्वाणयुद्ध विक्रम शाहको पालामा समाप्त भएको थियो। एकीकरण अभियान करिव ७० वर्षसम्म चलेको थियो।

२००७ सालको प्रजातन्त्रपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए। २००९ सालदेखि योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको रूपमा मनाउन प्रारम्भ गरेका हुन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *