परिवर्तन र रुपान्तरणको कदमलाई खलबलिन नदिऔँः खिलराज रेग्मी

डिसी नेपाल
२७ पुष २०७७ २२:५१

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुक लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यासमा प्रवेश गरे पनि आजको परिस्थितिको विश्लेषणबाट अघि बढने सन्दर्भमा व्यवस्थापन र रुपान्तरणमा अलमलिएको अवस्था रहेको बताएका छन्।

दी क्रिएटर्स ग्रुपद्वारा सोमबार आयोजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै उनले विगतदेखि दलभित्रको अन्तरविरोध, सरकार र पार्टीबीचको सम्बन्ध र समन्वय, हामीले अपनाएको शासन प्रणालीको चरित्र र अभ्यासलाई समुचितरुपले अघि बढाउन सकस भइरहेको अवस्थाको परिणाम आज देखिएको उल्लेख गरे । उनले भने, “जिम्मेवार निकाय र क्षेत्रका सबैले सुझबुझका साथ सम्हाल्दै र व्यवस्थापन गर्दै अगाडि बढ्न नसक्ने हो र कित्ताकाट गर्दै आ–आफ्नै गतिमा हिँड्न खोज्ने हो भने गन्तव्य कता हो, पुगिने कता हो भन्ने ठेगान नहुन सक्छ ।”

राजनीतिक दल र सरकारले राष्ट्र र जनतालाई सर्वोपरि राखी सम्भाव्यताका साथ परिवर्तन र रुपान्तरणको कदमलाई खलबलिन नदिन उनले आह्वान गरे । सो अवसरमा माइती नेपालका सस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, डा सन्दुक रुइत, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल र सामाजिक अभियन्ता सपना मगरलाई नेशनल क्रिएटिभ्स अवार्ड–२०२० द्वारा सम्मान गरियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *