विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

डिसी नेपाल
२९ पुष २०७७ १६:४२
92
Shares

काठमाडौं। नेत्र विक्रम चन्द्र विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्। ललितपुर प्रहरी स्रोतका अनुसार अन्य नेताहरु पनि पक्राउ परेका छन्। तर, उनीहरुको पहिचान भने भइनसकेको स्रोतले बतायो।

स्रोतका अनुसार उनीहरुलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेर अहिले ललितपुर प्रहरीमा ल्याइँदैछ। प्रहरी स्रोतले भन्यो, ‘केही नेताहरु पक्राउ परेका छन्। अपरेशन जारी छ। उनीहरुलाई यहाँ (ललितपुर प्रहरी परिसरमा) ल्याएर थप अनुसन्धानपछि को को पक्राउ परेका हुन् भन्ने सार्वजनिक गर्छौं।’ बाँस्तोला नेकपाका विदेश विभाग प्रमुख हुन्।

महानगरीय प्रहरी परिसर ललितपुर र प्रहरीको विशेष व्यूरोको संयुक्त कमाण्डमा अपरेशन चलाइएको हो। सो समूह विरुद्ध खानतलासी भैरहेको ललितपुर परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यले पुष्टि गरेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *